आजका मुख्य समाचार,
* सरकारी खर्च विधिसम्मत नहुँदा बेरुजु बढेको बढ्यै / एक वर्षमा ९१ अर्ब ५९ करोड थपिँदा कुल बेरुजु १२ खर्ब ८४ अर्ब नाघ्यो / सबैभन्दा बढी बेथिति अर्थ मन्त्रालयमै ।
* कांग्रेस र एमालेको स्वार्थको चंगुलमा फस्यो गभर्नर नियुक्ति / सिफारिस समिति नै छिन्नभिन्न / अझै केही दिन नियुक्ति नहुने अर्थमन्त्रीको भनाइ ।
* रोजगारी र उत्पादन बढाउने बजेट ल्याउन निजी क्षेत्रको सुझाव / लगानीको वातावरण अझै नबनेको गुनासो / कार्यशैली सुधार्न सरकारलाई आग्रह ।
* अमेरिकी राष्ट्रपति ट्रम्प कतारको दोहामा / साउदी अरबमा रहँदा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग भेटवार्ता / सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा ।
* लिग टूमा पुनरागमनको लक्ष्यसहित नेपाली क्रिकेट टिम युके भ्रमणमा / केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने लेग स्पीनर सन्दीप लामिछानेको घोषणा ।