आजका मुख्य समाचार,
*उमेर नपुगी गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या भयावह / हरेक सय गर्भवतीमध्ये १४ जना १९ वर्षमुनिका / विवाहको उमेर घटाउने बहसले झनै जोखिम ।
* सगरमाथा संवादमा जलवायु परिवर्तनको असर, जोखिम र न्यायबारे बहस / हुम्लाको तिल गाउँमा वर्षाबिनै बाढी आउँदा १८ परिवार विस्थापित / हावाहुरीले चार जनाको मृत्यु ।
* अवकाशको उमेर ६० वर्ष र दुई वर्षे कुलिङ पिरियड राख्ने गरी निजामती सेवा विधेयक संसदीय समितिबाट पारित / विद्यालय शिक्षा विधेयक पनि उपसमितिबाट पास ।
* युद्ध सुरु भएको तीन वर्षपछि रुस-युक्रेनबीच पहिलो पटक प्रत्यक्ष वार्ता / तुर्किएको मध्यस्थतामा दुवै देशका प्रतिनिधि इस्तानबुलमा / वार्ता सफल हुनेमा भने संशय ।
* नेपाल आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटको सुपर थ्रीमा / साफ अन्डर-नाइन्टिनमा भने बंगलादेशसँग पराजित नेपाल सेमिफाइनलबाटै बाहरियो ।