काठमाडौं । साउदी प्रो लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा अल नासर र अल ताओउनबीचको खेल बराबरीमा सकिएको छ। दुवै टिमले १-१ को बराबरी खेलेर अंक बाँडेका हुन्।
रियादस्थित घरेलु मैदानमा अल नासरले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो। घरेलु समर्थक माझ ओटाभियोले खेलको ५१औं मिनेटमा कर्नरबाट आएको बलमा हेड गर्दै नासरलाई अग्रता दिलाए।
तर, ७०औं मिनेटमा अल ताओउनले बराबरी गोल फर्काउन सक्यो। डिफेन्डर अन्द्रेइ जिरेटोले दिएको पासमा रोजर मार्टिनेजले बक्स भित्रबा बराबरी गोल फर्काएका थिए। बायाँ कुनामा उनले गरेको शक्तिशाली प्रहार नासरका गोलकिपरले जर्ज रोक्ने अवसर नै पाएनन्।
लगातार दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डो बिना खेलेको अल नासरले जित हात पार्न नसक्दा लिग तालिकामा तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। अहिले अल नासर ६४ अंकसहित चौथो स्थानमा छ, जुन एशियाली च्याम्पियन्स लिगमा पुग्ने स्थानभन्दा एक स्थान तल हो।
गएराति नै अल कद्सियाले अल वेहदालाई ३-१ ले हराउँदै तेस्रो स्थान कायम राखेको छ। यसैबीच, करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहादले अल रायदलाई ३-१ ले पराजित गर्दै गत बिहीबार राति, दुई खेल अगावै साउदी प्रो लिगको उपाधि सुनिश्चित गरेको छ।