Kantipur Samachar | कान्तिपुर समाचार, १ जेष्ठ २०८२

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* टेरामक्स खरिद प्रकरणमा अनुसन्धानको ७ वर्षपछि पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ व्यक्ति र दुई संस्थाविरुद्ध मुद्दा दायर / ३ अर्ब २१ करोडभन्दा बढी बिगो दाबी ।

* आर्थिक अनुशासन उल्लंघनमा अर्थ मन्त्रालय नै अग्रपंक्तिमा / कानुनविपरित ११ अर्ब ७५ करोड रकमान्तर / राजस्व छुटको अभिलेखसमेत छैन ।

* अस्थिरता निम्त्याउनेहरुलाई चिने पनि झन् ठूलो विपद् निम्तिने डरले भन्न नसकिएको प्रधानमन्त्री ओलीको भनाइ / अस्थिरताकै कारण पाँच वर्षसम्म कुनै सरकार नटिकेको दाबी ।

* मध्यपूर्व भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प यूएईमा / एआई चिप्ससम्बन्धी सम्झौताको तयारी / कतारसँग १२ खर्ब डलर बराबरको सम्झौता भएको ह्वाइट हाउसको दाबी ।

* महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको दोस्रो जित / बहराइन ६ विकेटले पराजित / नेपालको सुपर थ्रीमा पुग्ने झिनो आशा कायमै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.