आजका मुख्य समाचार,
* अवकाशपछि लाभको नियुक्ति लिने कर्मचारीको स्वार्थले निजामती विधेयक १५ महिनादेखि बन्धक / कुलिङ पिरियड नराख्न राजनीतिक नेतृत्वमाथि दबाब / दलहरुका पनि फरक–फरक प्रस्ताव ।
* सप्तरी जिल्ला अदालत परिसरमै बार एसोसिएसनका पदाधिकारीबाट अवैध असुली / लेखापढी व्यवसायीको प्रमाणपत्रका आवेदकसँग नियमविपरित रकम माग / छानबिन र कारबाहीमा बेवास्ता ।
* मध्यम वर्षामै काभ्रेको रोशी र खोपासी खोलाले निम्त्यायो विनास / क्षतिको अध्ययन गरिँदै / पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा पुल भाँचिदा वैकल्पिक मार्गबाट सवारी सञ्चालन ।
* भारतका प्रधानमन्त्री मोदीद्वारा पञ्जावस्थित सेनाको हवाई अखडाको भ्रमण / आफ्ना ११ सैनिक मारिएको पाकिस्तानको स्वीकार / व्यापार नगर्ने चेतावनीपछि दुवै देश पछि हटेको ट्रम्पको दाबी ।
* प्लानिङ बोइज बी डिभिजन लिगमा आफ्ना दुई खेल बाँकी छँदै ए डिभिजनमा बढुवा / बाँसवारी २-० ले पराजित / सरस्वतीले वीरगन्ज युनाइटेडलाई ३-० ले हरायो ।