सञ्चारको पहुँचमा पुग्दै माथिल्लो डोल्पाको कलाङ गाउँ

जेष्ठ ३, २०८२ |सरोज थापा
सञ्चारको पहुँचमा पुग्दै माथिल्लो डोल्पाको कलाङ गाउँ

डोल्पा । सञ्चार पहुँचबाट टाढा रहँदै आएको कलाङ गाउँ क्षेत्रमा आजबाट नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा सञ्चालनमा आएको छ।

मोबाइल टावर सञ्चालनमा आएसँगै अब कलाङका स्थानीयवासीहरू फोन, सन्देश तथा इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन ।

कलाङ क्षेत्र पहिलोपटक औपचारिक रूपमा मोबाइल सञ्जालमा जोडिएको छ। यसअघि सञ्चार सेवाको अभावले दैनिक जीवनदेखि प्रशासनिक कार्यसम्ममा कठिनाइ भोग्नुपरेको स्थानवासीहरूले दु:ख भोग्नु परेको बताउँछन्।

स्थानीय सरकार र नेपाल टेलिकमको सहकार्यमा स्थापना गरिएको यो टावरले अब गाउँलेहरूलाई देश तथा विदेशमा रहेका आफन्तहरूसँग सजिलै सम्पर्कमा रहन, सूचना प्राप्त गर्न र डिजिटल सेवाहरूको पहुँचमा पुग्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

डोल्पोकाे बुद्ध गाउँपालिकाका एक स्थानीय बासिन्दा धोल्पो निगबाङ भन्नुहुन्छ, ‘अब त कलङ पनि बाहिरको संसारसँग जोडिएको महसुस भयो।’ धेरै बर्षपछि फोन उठाएर सिधैँ आफ्ना छोराछोरीसँग कुरा गर्न पाउँदा खुसीले आँखा रसाएको उहाँले बताउनुभएको ।

नेपाल टेलिकमका डोल्पा प्रमुख दयाविक्रम केसीका अनुसार आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रविधिगत सुधार गर्दै लैजाने तयारी भइरहेको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।