आजका मुख्य समाचार,
* सोह्र वर्षमै हुने विवाहलाई प्रोत्साहन गर्ने गरी कानुन प्रस्ताव / २० बाट १८ वर्षमा झार्न खोज्दा नै भएको थियो विरोध / स्वास्थ्यमा गम्भीर असर पर्ने ।
* मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेका बेला तस्करी र राजस्व छलीको अपराध बढ्दो/ राजस्व अनुसन्धान विभागबाट ९ महिनामै १ सय ४३ जनाविरुद्ध मुद्दा ।
* विद्युतीय सवारीमा कर बढाउन लागिएको भन्दै व्यवसायीको आपत्ति / नीतिगत स्थिरता कायम गर्न सुझाव / साना उद्योगीलाई स्थिर ब्याजमा ऋण दिन माग ।
।
* अमेरिका र चीनबीच एक–अर्का देशबाट आयात हुने वस्तुमा लगाइएको कर ९० दिनका लागि स्थगित गर्ने सहमति / विश्व शेयर बजारमा उछाल ।
* छत्तीस वटा विश्व कीर्तिमान बनाएका स्टार क्रिकेटर विराट कोहलीले लिए टेस्टबाट संन्यास/ निर्णय सहज नभए पनि सही समयमा लिएको कोहलीको भनाइ ।