आजका मुख्य समाचार,
* भारत र पाकिस्तानबीच संघर्षविराम / अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि संघर्षविराम गर्न दुवै देश सहमत / तत्काल लागू हुने गरी दुवैतर्फबाट कुनै कारबाही नचलाइने ।
* संवैधानिक आयोगहरुमा ११ पदाधिकारी रिक्त हुँदा पनि नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद्को बैठक ८ महिनादेखि बस्नै सकेन / गभर्नर सिफारिस समितिसमेत दलीय स्वार्थको चेपुवामा ।
* सामुदायिक शिक्षकका माग पूरा गर्दा सरकारलाई वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको भार / बाह्य सहयोग कटौती भइरहेका बेला बजेट व्यवस्थापनमा चुनौती ।
* प्रतिबन्धित भेप तस्करी राजस्व अनुसन्धान विभागलाई टाउको दुखाइ / बरामद भएको १ लाख १७ हजारभन्दा बढि भेपको गन्तव्य खुल्नै सकेन ।
* स्कटल्याण्डमा हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा/ साढे तीन वर्षपछि पुन: दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी ।