काठमाडौं । नर्वेजियन टेनिस खेलाडी क्यास्पर रूड इटालियन ओपनको प्रि-क्वार्टरफाइनल प्रवेश गरेका छन ।
रोममा जारी प्रतियोगितामा घरेलु खेलाडी माटेओ बेरेत्तिनी चोटका कारण रिटायर्ड हर्ट भएपछि रूडले अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् ।
खेलको पहिलो सेट रूडले ७-५ ले जितेका थिए । दोस्रो सेटमा २-० ले अगाडि रहेका बेला बेरेत्तिनीले चोटका कारण खेल छाडे । यसअघि पनि मड्रिड ओपनको तेस्रो चरणमा बेरेत्तिनीले ज्याक ड्रेपरविरुद्ध पेटमा चोट लागेका कारण खेल पूरा गर्न सकेका थिएनन् । सोही चोट पुनः देखिएपछि उनले इटालियन ओपनको खेल पनि बीचमै छाड्नुपरेको हो ।
हालै मड्रिड ओपन जितेका रूड अब अन्तिम १६ मा स्पेनी खेलाडी जौमे मुनारसँग भिड्नेछन् । मुनारले अमेरिकाका २२औँ वरियताका खेलाडी सेबास्टियन कोर्डालाई ६-४, ६-२ को सोझो सेटमा पराजित गरेका थिए ।