थ्री एक्स थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि टाइम्स काठमाडौँलाई

वैशाख ३०, २०८२ |खेल ब्युरो
थ्री एक्स थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि टाइम्स काठमाडौँलाई

झापा । झापाको विर्तामोडमा आयोजना भएको थ्री एक्स थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि टाइम्स काठमाडौँले जितेको छ ।

आर्मीलाई १९-१८ अकंले पराजित गर्दै काठमाडौँले उपाधि हात पारेको हो । टाइम्सले नगद २ लाख रूपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने आर्मीले नगद १ लाख रूपैयाँमा चित्त बुझायो । 

टाइम्सका श्रेयस बहादुर थापा मोस्ट भ्यालुएबल प्लेयर बने । उनले नगद ५ हजार रूपैयाँ हात पारे । प्रतियोगितामा १५ टिम सहभागी थिए । चार समुहमा विभाजन गरी लिग कम नकआउट खेलाइएको थियो । 

प्रतियोगिता झापा बास्केटबल एशोसिएशन र विर्तामोड नगर खेलकुद समितिले संयुक्त रूपमा आयोजना गरेका हुन् ।