काठमाडौं । विम्बल्डन टेनिसको फाइनलमा कार्लोस अल्काराजले विश्व नम्बर एक यान्निक सिनरको सामना गर्ने भएका छन्। अल इंग्ल्यान्ड क्लब लन्डनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको दुई सेमिफाइनलमा यी दुई खेलाडीले जित हाासिल गरेका हुन्।
पहिलो सेमिफाइनलमा अल्काराजले टेलर फिट्जलाई चार सेटमा पराजित गरे । सेन्टर कोर्टमा भएको खेलको पहिलो सेटमा ६-४ को जित निकालेका विश्व नम्बर दुई अल्काराजले दोस्रो सेटमा राम्रो प्रदर्शन गरेको भए पनि जित दर्ता गर्न सकेनन्। यो सेट फिट्र्जले ७-५ ले जिते । तर अल्काराजले तेस्रो सेट ६-३ र चौथो सेट टाइब्रेकरमा जितेर फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
त्यसैगरी, दोस्रो सेमिफाइनलमा विश्व नम्बर एक यान्निक सिनरले २४ पटकका ग्राण्ड स्लाम विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराएका छन्। इटालियन स्टार पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेका हुन्। उनले यो खेलको पहिलो दुई सेट समान ६-३ ले जितेको थिए। तेस्रो सेटमा ६-४ को जितसहित फाइनलमा स्थान बनाएका हुन्।
विम्बल्डनको महिला डबल्सतर्फको पहिलो सेमिफाइनलमा इल्सी मार्टिन्स र भरोनिकाको जोडीले जित निकालेर फाइनलमा स्थान बनाएका छन्। यसैगरी जेलेनो ओस्टापेन्को र हेस सु-वाईको जोडीले पनि फाइनलमा स्थान सुरक्षित गरेका छन्।