कृषि प्राविधिकहरूले कृषि अर्थतन्त्रको सुधारका लागि बाली संरक्षणको नीति लिन सरकारलाई सुझाएका छन् ।
मङ्गलबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै प्राविधिकहरूले पछिल्ला वर्षमा केरामा टीआर फोर, मकैमा अमेरिकी फौजी किरा र गोलभेंडामा टुटाजस्ता रोग तथा किराको प्रकोप बढेको भन्दै आयातमा कडाइ गर्न सुझाएका हुन् ।
कृषिजन्य वस्तुको उत्पादन र निर्यातका लागि स्वच्छ बाली उत्पादनको अभ्यासमा लाग्नुपर्नेमा पनि उनीहरूको जोड छ ।
बालीमा लाग्ने रोगलाई व्यापार अवरोधका रूपमा लिने गरिएको छ । रोग किराको प्रकोपका कारण स्वदेशका उत्पादन भएका वस्तुको निर्यातमा कठिनाइ हुँदै आएको छ ।