सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठक : सरकार प्रभावकारी हुन नसकेको ठहर

असार १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठक : सरकार प्रभावकारी हुन नसकेको ठहर

सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।

सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा मङ्गलवार बोल्ने अधिकांश सदस्यहरूले सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । कांग्रेस-एमाले मिलेर सरकार निर्माण भएयता देखिने गरी काम गर्न नसकेको भन्दै उनीहरूले सरकारको कार्यक्षमतामाथि प्रश्न गरेका हुन् । नेताहरूले सत्ता गठबन्धनभित्र कांग्रेस नदेखिने बनेको समेत टिप्पणी गरे ।

कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार एमालेसँगको सात बुँदे सहमतिअनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभयो ।

प्रवक्ता प्रकाशशरण महतले सहभागी मन्त्रीले भने कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो  ।

त्यस्तै केन्द्रीय सदस्यहरूले अहिलेको बैठकबाटै १५ औं महाधिवेशनको कार्यतालिका सार्वजानिक गर्नुपर्ने मतसमेत राखेका छन् ।

बैठकमा नेताहरूले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गम्भीर त्रुटिको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.