कान्तिपुर समाचार, ११ वैशाख २०८२

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ वैशाख २०८२
आजका मुख्य समाचार,

* लोकतन्त्र स्थापनाको १९ वर्षमा अधिकार, पहुँच र आर्थिक सूचकमा सुधार / सेवा प्रवाह र सुशासन फितलो / नेतृत्वको संस्कार नसुध्रिँदा नागरिक असन्तुष्टि कायमै ।

* एमसीसी बन्द गर्ने अमेरिकाको घोषणासँगै नेपालमा सञ्चालित परियोजनाको भविष्य अन्योलमा / सरकारलाई ९२ अर्बको दायित्व थपिँदै ।

* संसदको बजेट अधिवेशन भोलि सुरु हुँदै / शिक्षा विधेयक यही अधिवेशनमा पेस गर्ने तयारी / शिक्षकका माग वार्ताबाटै सम्बोधन गर्ने नवनियुक्त शिक्षामन्त्रीको प्रतिबद्धता ।

* जम्मु-कश्मिरमा आतंककारी आक्रमणपछि भारत-पाक तनावपूर्ण सम्बन्ध उत्कर्षमा / दुवै मुलुकद्वारा सीमा बन्ददेखि व्यापार निलम्बनसम्मका घोषणा / दोषीलाई कारबाही गरेरै छाड्ने मोदीको प्रतिबद्धता ।

* असार ११ देखि हुने तय भएको पुरुष साफ च्याम्पियनसीप स्थगित / तयारी नपुगेपछि २०२६ सम्मका लागि स्थगित गर्ने दक्षिण एसियाली फुटबल महासंघको निर्णय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.