Kantipur Samachar | कान्तिपुर समाचार, १० वैशाख २०८२

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १० वैशाख २०८२

आजका मुख्य समाचार,

* पोखरा विमानस्थल निर्माण गर्दा भएको अनियमिततामा तत्कालीन अर्थ र पर्यटनमन्त्रीहरु पनि तानिए / नीतिगत निर्णय गर्नेहरुमाथि छानबिन हुनुपर्ने संसदीय उपसमितिको प्रतिवेदन ।

* विद्यालय तहदेखि उच्च शिक्षासम्मको अवस्था लथालिङ्ग / दलीय भागबन्डा नमिल्दा विश्वविद्यालय र प्रतिष्ठानहरु नेतृत्वविहीन / नवनियुक्त शिक्षामन्त्री पन्तसामु चुनौतीका चाङ ।

* तीन साता बित्न लाग्दा पनि गभर्नर नियुक्तिको विषय अन्योलमै / कांग्रेस सभापति देउवा थाइल्यान्डबाट नफर्किएसम्म प्रक्रिया अघि नबढ्ने ।

* भारतको जम्मु कश्मिरमा भएको आतंककारी हमलाको नेपालसहित विश्व समुदायद्वारा भर्त्सना / आक्रमणकारीलाई नछाड्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता ।

* नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफायरमा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी / विजेताले उपाधिका लागि शनिबार ललितपुरसँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.