कान्तिपुर समाचार, ६ वैशाख २०८२

वैशाख ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ६ वैशाख २०८२

आजका मुख्य समाचार,

* प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि पनि शिक्षा विधेयक पारित हुनेमा शिक्षकहरुको आशंका कायमै / ऐन नआएसम्म आन्दोलन नरोकिने ।

* संसद्को आसन्न बर्खे अधिवेशन बजेटसँगै कानुन बनाउनै पर्ने दबाबमा / शिक्षा र निजामती विधेयक पारित गर्न सडकदेखि सदनसम्म ताकेता / २८ विधेयक विचाराधीन ।

* निर्यातजन्य बाहेकका उद्योगलाई पनि खुला गरिएपछि बाराको विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण / निर्यातमुखी नयाँ वाणिज्य नीतिले व्यापार घाटा कम हुने अपेक्षा ।

* इजरायलले गाजामा गरेको आक्रमणमा ४८ घण्टाभित्र ९२ प्यालेस्टिनी मारिए / विस्थापितको आश्रयस्थल पनि निशानामा / खाद्यान्न आपूर्ति नरोक्न राष्ट्रसंघको आग्रह ।

* वर्षाले अफगानिस्तानसँगको छनोट खेल रद्द भएपछि अन्डर नाइन्टिन विश्वकप खेल्ने नेपालको सपना अधुरो / नेट रन रेटका आधारमा अफगानिस्तान छनोट ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.