आजका मुख्य समाचार,
* पोखरा विमानस्थल निर्माणमा नीतिगतदेखि नै सबै प्रक्रियामा अनियमितता / कुल लागतको ४० प्रतिशत भ्रष्टाचार भएको कांग्रेसका सांसदको दाबी ।
* निजामती सेवा ऐन आफू अनुकूल नभए आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी / सिंहदरबारको ढोकैमा १७ दिनदेखिको शिक्षक आन्दोलनलाई प्रधानमन्त्री ओलीको बेवास्ता ।
* बजेटमार्फत रासायनिक मलदेखि उखु किसानलाई दिईँदै आएको अनुदान कटौती गर्ने सरकारको तयारी / ८७ किसिमका सामाजिक सुरक्षा भत्ताको पनि पुनर्मूल्यांकन गरिँदै ।
* रुस-युक्रेनबीच युद्धविराम सहमति हुने संकेत नदेखिएको भन्दै मध्यस्थताबाट बाहिरिने अमेरिकाको चेतावनी / चीनले रुसलाई तोप र बारुद दिएको युक्रेनको आरोप ।
* आईसीसी अन्डर नाइन्टिन विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल भोलि अफगानिस्तानसँग भिड्ने / नेपाललाई विश्वकपमा पुग्न जित्नैपर्ने दबाब ।