आजका मुख्य समाचार,
* सरकारप्रति शिक्षकहरुको अविश्वास / माग सम्बोधन गर्न संसद् बोलाउने भने पनि छलछाम गर्न खोजेको आरोप / सभामुख भन्नुहुन्छ- बजेट अधिवेशनमा शिक्षकका माग पूरा गर्न सम्भव छैन ।
* कांग्रेस र एमालेका प्रमुख नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी / सरकारको कार्यसम्पादनमा उठेका प्रश्न र नियुक्तिका विषयमा छलफल ।
* सप्तरीकी पूजाकुमारी रामको जबर्जस्ती करणीपछि हत्या भएको परिवारको आशंका / सिरहामा यौन दुर्व्यवहारको घटनामा स्थानीयबासी र प्रहरीकै भूमिका संकास्पद / पीडित महिला मृत फेला ।
* चिनियाँ वस्तुमाथिको आयात कर दुई सय ४५ प्रतिशतसम्म पुर्याउने अमेरिकाको चेतावनी / बोइङका विमान आयात नगर्न आफ्ना वायुसेवा कम्पनीलाई चीनको निर्देशन ।
* आईसीसी अन्डर नाइन्टिन विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित / हङकङ ९ विकेटले पराजित / शनिबार अफगानिस्तानलाई हराए नेपाल विश्वकपमा पुग्ने ।