कान्तिपुर समाचार, ४ वैशाख २०८२

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ४ वैशाख २०८२

आजका मुख्य समाचार,

* पोखरा विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष/ प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्बन गर्न सुझाव / हस्ताक्षर गर्न एमाले सांसदहरुको अस्वीकार ।

* कमजोरी ढाकछोप गर्न नसकिने भन्दै कांग्रेसभित्र सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि/ प्रधानमन्त्रीको दललाई एकल सरकार चलाउन दिनुपर्ने प्रस्ताव ।

* जबरजस्ती करणी र विभेदका घटनाको अनुसन्धान र कारबाहीमा सरकार उदासीन / सिरहाकी आनन्दीदेवीको मृत्यु प्रकरणका आरोपित अझै पक्राउ परेनन् / मानवअधिकार आयोग भन्छ- चिन्ताजनक ।

* सौर्यमण्डलभन्दा बाहिर रहेको "के टु एटि्टन बी" नामको ग्रहमा जीवनको सम्भावित लक्षण देखा परेको संकेत / जीवले मात्रै उत्पादन गर्न सक्ने अणु फेला परेको अनुसन्धानकर्ताको दाबी ।

*एफसी चितवन नेपाल सुपर लिगको प्लेअफमा / लिग चरणको अन्तिम खेलमा धनगढी एफसी ३-१ गोलले पराजित/ काठमाडौं रेजर्स पनि लिग चरणबाटै बाहिरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.