काठमाडौं । ला लिगामा शीर्ष स्थानको बार्सीलोनाले सेल्टा भिगोलाई ४-३ गोलले पराजित गरेको छ । बार्सीलोना ३-१ ले पछि परेको स्थितीबाट खेलमा फर्किएको थियो । राफिन्ह्याले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टिमा गोल गरेपछि सेल्टाका बोर्खा इग्लेसियसको ह्याट्रिक काम लागेन् ।
घरेलु मैदानमा गएराती भएको खेलको दास्रो मिनेटमै रोवर्ट लेवान्डोस्कीले गोल गर्ने मौका गुमाएका थिए । १२औं मिनेटमा फरान टोरेसले गोल गर्दै अग्रता दिलाए । तर १५औं मिनेटमानै पाहुँना टिमका बोर्खाले बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । ५२औं मिनेटमा बोर्खाले गोल गरेपछि बार्सा २-१ ले पछि पर्यो । ६२औं मिनेटमा बोर्खाले ह्याटि्र पुरा गर्दा हान्जी फि्लकको टिम दवावमा आएको थियो । तर बाँकी समयमा बार्सीलानाले उत्कृष्ट प्रदर्शन गर्यो ।
६४औं मिनेटमा डानी ओल्मोले सेल्टासँगको दुरी ३-२ मा झारे । ६८औं मिनेटमा राफिन्ह्याले गोल गरेपछि खेल ३-३ को रोमाञ्चक बराबरीमा पुगको थियो । इन्जुरी समयमा उनले पेनाल्टिमा गोल गर्दै बार्सीलोनालाई जीत दिलाए ।
योसँगै बार्सीलोनाले तालिकामा दोस्रो स्थानमा रहेको रियाल मडि्रडसँगको दुरी सात अंकले बढाएको छ । बार्साको ३२ खेलबाट ७३ अंक छ । रियालको ३१ खेलबाट ६६ अंक छ । आठौं स्थानको सेल्टाको ३२ खेलबाट ४३ अंक छ ।
गएरातीनै भएको खेलमा एट्लेटिको मडि्रड भने लास पाल्माससँग स्तब्ध भयो । पालमासले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो । तेस्रो स्थानमा रहेको एट्लेटिकाको ३१ खेलबाट ५७ अंक छ ।