इंग्लिस प्रिमियर लिग : एर्भटनमाथि म्यानचेस्टर सिटीकाे जित

सिटीको अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवितै
वैशाख ७, २०८२ |खेल ब्युरो
इंग्लिस प्रिमियर लिग : एर्भटनमाथि म्यानचेस्टर सिटीकाे जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एर्भटनलाई २-० गोलले पराजित गरेको छ । जितपछि सिटीको अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवितै बन्यो ।

एर्भटनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले गोलका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो । खेल गोलरहित बराबरीमा सकिने स्थितिमा पुगेको थियो । 

तर, ६ मिनेट बाँकी हुँदा निको ओराइलीले म्याथ्यु नुनेसको सहयोगमा गोल गरेपछि सिटीले डेडलक तोड्यो । यो सिजन सिटीका लागि प्रिमियर लिगमा उनको यो पाँचौँ गोल हो । 

इन्जुरी समयमा सब्सिच्युट माटेयो कोभाचिचको गोलसँगै पेप ग्वार्डिवालाको टिमले २-०को जितसहित तीन अंक जोड्यो । चौथो स्थानमा उक्लिएको सिटीको ३३ खेलबाट २२ अंक छ । एभर्टन ३३ खेलबाट ३८ अंकसहित १३ औँ स्थानमा छ ।