आजका मुख्य समाचार,
* सरकार र शिक्षकको हठले सामुदायिक विद्यालय अस्तव्यस्त / शैक्षिक सत्रदेखि भर्ना अभियान र पठनपाठन प्रभावित हुँदा ५० लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योल ।
* सरकारको गतिलाई लिएर सत्तारुढ दलकै नेताहरुको तीब्र असन्तुष्टि / सत्ता सहयात्रीलाई नै विश्वासमा लिन नसक्दा प्रधानमन्त्री ओली दबाबमा ।
* विस्का जात्रा अन्तर्गत भक्तपुरमा सिन्दुर जात्रा मनाइयो / बोडेका सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाए / मधेशका जिल्लाहरुमा जुडशीतल पर्वको रौनक ।
* सुडानको अर्धसैन्य बलले डार्फर क्षेत्रमा गरेको आक्रमणमा ४ सयभन्दा बढी मारिएको राष्ट्रसंघको भनाई / आफूलाई बदनाम गराउन सेनाले नै हत्या गरेको आरएसएफको दाबी ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेल जारी / पञ्जाब टस जितेर ब्याटिङमा ।