Kantipur Samachar | कान्तिपुर समाचार, १ वैशाख २०८२

वैशाख १, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १ वैशाख २०८२

आजका मुख्य समाचार,

* नयाँ वर्ष २०८२ को हर्षोल्लासपूर्वक स्वागत / देशभर जात्रा र पर्वको उल्लास / सुदूरपश्चिममा बिसु पर्व मनाइँदा पूर्वी तराईमा पानी सिरुवा र भक्तपुरमा बिस्काको रौनक ।

* सरकारलाई सुशासन र सेवा प्रवाहमा सुधारसहित जनतामा उत्साह जगाउने अवसर / सामाजिक न्यायका लागि सडकमै आउनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड ।

* विश्वव्यापी व्यापार युद्धले अर्थतन्त्र सुधारमा चुनौती / कृषि क्षेत्रको सुधारका लागि कृषिजन्य वस्तु आयातमा कडाइसहित नार्कको पुनर्संरचना गर्न सुझाव ।

* चिनियाँ स्मार्ट फोनसहित प्राविधिक उत्पादनमा दिइएको आयात कर छुट अस्थायी भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ / चिनियाँ राष्ट्रपति सी दक्षिण–पूर्वी एशियाली देशको भ्रमणमा ।

* आईसीसी पुरुष अन्डर १९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालको लगातार दोस्रो जित / घरेलु टोलीले ओमानलाई ८ विकेटले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.