काठमाडौं । आईसीसी यू-१९ विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल शुरू हुनेछ ।
नेपालले खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा युएईमाथि जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
आजको खेल पनि जित्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिनेछ ।