काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने शिक्षक महासङ्घकाे अडान कायमै

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने शिक्षक महासङ्घकाे अडान कायमै

काठमाडौं । नेपाल शिक्षक महासङ्घले जारी काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका महासचिव ज्ञानेन्द्र रावलले कान्तिपुर समाचारसँग कुरा गर्दै आन्दोलन जारी रहने जानकारी दिनुभएको हो ।

सरकारले हिजो राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको छ। यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको छ। तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएको हो।

शिक्षकहरू विद्यालय बन्द गरी शैक्षिक हड्तालमा उत्रिएपछि मंगलबारदेखि सुरू भएको नयाँ शैक्षिक सत्रको भर्ना अभियानदेखि पठनपाठनसम्मका सबै कार्यक्रम प्रभावित भएका छन् । देशभरका २९ हजार विद्यालयका ५५ लाख बालबालिकाको भर्ना अभियान प्रभावित भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.