पाँचथर । अत्यधिक चिसो, भौगोलिक विकटता र स्वास्थ, शिक्षाको असुविधाले चौंरी पाल्ने भन्दा व्यवसाय नै छोड्नेहरुको संख्या उल्लेख्य छ । त्यही भएर चौंरी गाई लोप हुने अवस्थामा पुगेका छन् । हिमालको पर्यायका रुपमा स्थापित चौंरी गाईको संरक्षणका लागि पाँचथरमा हरेक वर्ष तीन दिनसम्म महोत्सव आयोजना गरिन्छ । नेपाल र भारतको सिमावर्ती क्षेत्र फालेलुङ गाउँपालिका ४ को चार रातेमा ८ वर्षअघि सुरु भएको चौंरी महोत्सवले चौंरीको संरक्षण मात्रै गरेको छैन । आन्तरिक र वाह्य पर्यटक तान्ने माध्यम समेत बनेको छ ।