आजका मुख्य समाचार,
* लामो खडेरीपछि पानी पर्दा किसानलाई राहत / सामान्य वर्षाले समेत देशका मुख्य राजमार्ग भने प्रभावित / बझाङ, बाजुरा र डोटीमा चट्याङ लागेर तीन जनाको मृत्यु ।
* दोहोरोपन भएका ५० वटा कार्यालय खारेज गर्ने सरकारको तयारी / अनावश्यक दरबन्दी नथप्न र सामाजिक सुरक्षाका कार्यक्रम पुन:मूल्यांकन गर्न अर्थ मन्त्रालयको सुझाव ।
* गैरकानुनी ठेक्का-पट्टामा मधेश प्रदेश सरकारका मन्त्री नै संलग्न / वन तथा वातावरणमन्त्री त्रिभुवन साह वडावडामै गएर योजना खरिदबिक्री गर्दै ।
* कर विवादबारे अमेरिकासँग वार्ता गर्न चीन तयार / उच्च आयात कर ९० दिनका लागि स्थगित गर्ने ट्रम्पको घोषणापछि ईयूले पनि तत्काल जवाफी कर नलगाउने ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीचको खेल जारी / टस जितेको दिल्ली क्यापिटल्स फिल्डिङमा ।