आजका मुख्य समाचार,
* सिरहाको औरहीमा दलित परिवारलाई जबर्जस्ती उठीबास गराएका आरोपित पालिका अध्यक्षसहित २ जना पक्राउ / विभेद अन्त्य गर्न कानुन कार्यान्वयनसँगै पीडितलाई न्याय आवश्यक ।
* बजेट निर्माण सुरु भएसँगै सिंहदरबारमा योजना माग्नेको लर्को / टुक्रे आयोजनामा बजेट नदिने नीतिविपरित दबाब / सरकारलाई स्रोत सुनिश्चित गर्न हम्मेहम्मे ।
* व्यवस्थापकीय कमजोरी, सचेतना र बजेट अभावले स्वास्थ्य बिमा कार्यक्रम अलपत्र / ३० प्रतिशतले नवीकरण नै गरेनन् / भुक्तानी नपाउँदा अस्पताल मारमा ।
* सुडानमा अर्धसैनिक बलले दुई वर्षअघि कब्जामा लिएको राष्ट्रपति भवन पुन: सरकारी सेनाको नियन्त्रणमा / राजधानी खार्तुम फिर्ता लिने प्रयास जारी ।
* एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल र सिंगापुरबीचको मैत्रीपूर्ण खेल जारी / दोस्रो हाफ चलिरहँदा नेपाल एक-शून्य गोलले अगाडि ।