आजका मुख्य समाचार,
* भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक / सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी / संयम रहन दुवै पक्षलाई विश्व समुदायको आग्रह ।
* बालमन्दिर जग्गा प्रकरणमा रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता / ६० करोडभन्दा बढी विगो दाबी / धितोपत्र बोर्डका कागजात अख्तियारको नियन्त्रणमा ।
* आन्दोलनमा सशक्त देखिएका शिक्षकलाई कक्षा कोठामा पनि सशक्त हुन अभिभावकको माग / बालबालिकाको भविष्य र शिक्षाको गुणस्तरमा गम्भीर हुन आग्रह ।
* भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै रुपन्देहीका व्यवसायी आन्दोलित / सम्बोधन नभए आन्तरिक उडानसमेत बन्द गराउने चेतावनी ।
* आर्मीले जित्यो राष्ट्रिय पुरुष हक्कीको उपाधि / फाइनलमा गण्डकी प्रदेश २-० गोलले पराजित / आर्मीकै देवसिंह धामी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित ।