आजका मुख्य समाचार,
* झण्डै दुई तिहाइको सरकारको विकास खर्च एक तिहाइभन्दा कम / १० महिनामा पुँजीगत खर्च ३२ प्रतिशत मात्रै / ठेकेदारको लापरबाही र सरकारको कमजोरी मुख्य कारण ।
* नीति तथा कार्यक्रममाथि विपक्षीको चर्को आलोचना / जनअपेक्षा सम्बोधन गर्ने गरी सच्याउन माओवादी अध्यक्ष दाहालको माग / सत्तारुढ कांग्रेसको पनि असन्तुष्टि ।
* सरकारी वन क्षेत्रसमेत मिचेर भक्तपुरको सूर्यविनायकमा ४ सय ५० रोपनी जग्गामा अवैध प्लटिङ / पानीको मुहान समेत पुरियो / तत्काल रोक्न प्रशासनको निर्देशन ।
* गाजालाई पूर्णरुपमा नियन्त्रणमा लिने योजना इजरायली मन्त्रिपरिषद्बाट स्वीकृत / ट्रम्पको मध्यपूर्व भ्रमण लगत्तै कार्यान्वयन हुने / गाजाबाट हमास नबाहिरिँदासम्म आक्रमण नरोकिने ।
*आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि / पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा / प्रतियोगिता व्यवस्थापनलाई लिएर खेलाडी असन्तुष्ट ।