आजका मुख्य समाचार,
* रुसी सेनामा भर्ना भएर युद्धमा मारिएका नेपालीका परिवार क्षतिपूर्तिको दाबी र शव पहिचान गर्न रुसमा / परराष्ट्रको अनुमतिमा बुधबार मात्र ६ जना मस्को पुगे ।
* सिरहाको औरही घटनामा प्रशासन सक्रिय नहुँदा दलित परिवारको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनैजना फरार / छानबिन गरी दोषीलाई कारबाही गर्न संसद्मा माग ।
* उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको टकरावले लोडसेडिङको चिन्ता / तत्काल घरघरमा लोडसेडिङ नहुने घिसिङको दाबी / मन्त्रीले भ्रम सिर्जना गरेको भन्दै सांसदको आपत्ति ।
* लगातार आठौं वर्ष पनि फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश / नेपाल सूचीको ९२ औं स्थानमा / अफगानिस्तान पुछारमा ।
* प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबको अपराजित यात्रा कायमै / सातौं खेलमा बागमती ९३ रनले पराजित / लुम्बिनीविरुद्ध कर्णालीको पाँच रनको रोमाञ्चक जित ।