कान्तिपुर समाचार, ०१ कार्तिक २०८१

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०१ कार्तिक २०८१

आजका मुख्य समाचार,

– साफ महिला च्याम्पियनसिप सुरु / उदघाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतको विजयी सुरुवात / भोलि आयोजक नेपालले भुटानसँग खेल्ने ।

– सत्ताको नेतृत्वकर्ता दलले नै अदालतबाट दोषी ठहर भएका व्यवसायीबाट जग्गा दानमा लिनु कानुनविपरीत / प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी / निर्वाचन आयोगले समेत छानबिन गर्नसक्ने ।

–संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरु चाँडै गठन गर्ने तीन दलबीच सहमति/ पदाधिकारी छान्न सिफारिस समिति गठन गरिने ।

– समस्याग्रस्त १८ सहकारीका ऋणीलाई सात दिनभित्र रकम फिर्ता गर्न सरकारको निर्देशन/ समयमै कर्जा भुक्तान नगरे कालोसूचीमा राख्नेदेखि पासपोर्ट रोक्का गर्नेसम्मको तयारी ।

– बंगलादेशको विशेष अदालतद्वारा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी/ नोभेम्बर १८ अघि अदालतमा उपस्थित हुन आदेश ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.