लिग टूको आगामी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
लिग टूको आगामी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । पुबुदु दासानायके नेपाल, अमेरिका र स्कटल्यान्डसम्मिलित आईसीसी विश्व कप लिग टूको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ–क्यानले विज्ञप्ति जारी गरी अमेरिकामा हुने उक्त सिरिजका लागि पुबुदु दासानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरको जिम्मेवारी दिएको जनाएको हो ।

पुबुदु नेपालका पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । उनको प्रशिक्षणमा नेपाल २०२४ मा पहिलो पटक टी-२० विश्वकपमा पुगेको थियो । उनी नेपाल प्रिमियर लिग टोली जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकसमेत हुन् ।

नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग टूको त्रिकोणात्मक सिरिज अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.