नेपाल र अमेरिका बीचको टी-ट्वेन्टी-आई सिरिज भोलिदेखि, कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र अमेरिका बीचको टी-ट्वेन्टी-आई सिरिज भोलिदेखि, कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल र अमेरिका बीचको तीन खेलको टी-ट्वेन्टी-आई सिरिज भोलिबाट सुरु हुँदै छ । टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने पहिलो खेल भोलि बिहान पौने ६ बजे सुरु हुनेछ ।

खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्ससहित कान्तिपुर टेलिभिजनका डिजिटल प्लेटर्फममा पनि खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी-ट्वेन्टी आई सोमबार बिहान हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-टूका खेल हुनेछन् ।

लिग-टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ । रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी-ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.