साफ महिला च्याम्पियनसिप : नेपालले भोलि भुटानसँग प्रतिस्पर्धा गर्दै

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : नेपालले भोलि भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले भोलि भुटानको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ । स्टार फरवार्ड सावित्रा भण्डारीले यो खेल गुमाउने छिन् ।

घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ । यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ । तर नेपाल अन्तर्राष्ट्रिय एक्सपोजर बिनै प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ । पहिलो पटक २०२२ मा सेमिफाइनलसम्म पुगेको भुटानले घरेलु महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ ।

पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन । प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो । भोलि नै हुने दिनको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । यो खेल दिउँसो साढे १ बजे सुरु हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.