आजका मुख्य समाचार,
* घरघरमा दशैंको फूलपाती भित्र्याइयो / गोर्खाबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैंघरमा/गाउँ-गाउँमा उल्लास/ टुंडिखेलमा सेनाको बढाइँ ।
* बाढी-पहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि सञ्चालनमा आउने/ कतै अस्थायी सडक कतै खोलाबाटै गाडी चलाउने तयारी / दशैं मनाउन काठमाडौंबाट ९ लाख यात्रु बाहिरिए ।
* चलचित्र चलाउन चाडपर्वको मौका छोप्ने होड/ आजदेखि तीन ठूला व्यानरका चलचित्र प्रदर्शनमा/ दर्शकलाई रुचीअनुसारको सिनेमा हेर्ने अवसर ।
* साहित्यतर्फ यसवर्षको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई/ मानव जीवनका उतारचढावलाई लेखनमार्फत् उजागर गरेकोमा पुरस्कृत ।
*काभा अन्डर ट्वेन्टी पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल र कीर्गिस्तानबीचको खेल जारी/ तेस्रो जितको खोजिमा रहेको नेपाल दुई सेटले पछि ।