नेशनल म्युजिक अवार्ड्सको मनोनयनमा गायिका समीक्षा अधिकारी अग्रस्थानमा

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेशनल म्युजिक अवार्ड्सको मनोनयनमा गायिका समीक्षा अधिकारी अग्रस्थानमा

काठमाडाैं । गायिका समीक्षा अधिकारी नेशनल म्युजिक अवार्ड्समा सर्वाधिक ३ विधामा मनोनयनमा पर्नुभएको छ। 

रेडियो कान्तिपुरले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार पिपुल्स चोइससहित उत्कृष्ट आधुनिक गायिका र उत्कृष्ट पार्स्वगायन (महिला)तर्फ मनोनयनमा अधिकारीको नाम छ।

यस्तै शान्ती श्री परियार दुई विधामा मनोनयनमा पर्नुभएको छ। परियार पनि पिपुल्स चोइससहित उत्कृष्ट पार्श्वगायन (महिला0तर्फ मनोनयनमा पर्नुभएको छ।

सुशान्त केसी पप (पुरूष) र पिपुल्स चोइस गरी दुई विधामा मनोनयनमा पर्दा कुम सागर एन्ड दी ख्वप ब्यान्ड पनि बेस्ट ब्यान्डसहित दुई विधामा मनोनित भएको छ।

पिपुल्स चोइस अवार्डका लागि कुम सागर एन्ड दी ख्वप ब्यान्ड, सुशान्त केसी र इन्द्रकला राई, दुर्गेश थापा र समीक्षा अधिकारी, शान्ता रानी परियार तथा शान्ती श्री परियार मनोनयनमा परेका छन्।

असार २८ मा हुने नेशनल म्युजिक अवार्ड्स समारोहमा १४ विधामा अवार्ड वितरण हुनेछ। गोदावरीमा हुने समारोहमा सहभागि हुन इसेवामार्फत टिकट खरिद गर्न सकिन्छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.