काठमाडौं । अमेरिकाको टेक्ससको मध्य क्षेत्रमा बाढीका कारण मत्यु हुनेको संख्या कम्तीमा ४३ पुगेको छ । त्यसमध्ये १५ जना बालबालिका छन्। अहिले उद्धार कार्य जारी छ।
टेक्ससको ग्वाडालुपे नदीमा पानीको सतह शुक्रबार बिहान एक घण्टाभित्र २६ फिटभन्दा माथि पुग्दा बाढी शहर पसेको थियो । अधिकांश मानिस निद्रामै रहेकाले पनि धेरै जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएकाे छ ।
हराइरहेकाहरूमा केर काउन्टीको क्रिश्चियन समर क्याम्पका २७ बालिकाहरू पनि छन्। हालसम्म ८ सय ५० जनालाई उद्दार गरिएको छ । अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू बेपत्ता छन् । हराइरहेकामा विशेष गरी स्वतन्त्रता दिवस मनाउन आएका आगन्तुकहरू धेरै भएको अधिकारीहरूले बताएका छन् ।
टेक्ससका गभर्नर ग्रेग एबटले विपद् घोषणा गर्नुभएको छ भने उद्धार कार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मौसमविद्हरूले यो सप्ताहन्तमा अझ भारी वर्षाको चेतावनी दिएका छन् । जसले पहिल्यै क्षतिग्रस्त क्षेत्रमा थप बाढीको जोखिम बढाउनेछ।