कान्तिपुर समाचार, १८ असोज २०८१

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १८ असोज २०८१

आजका मुख्य समाचार,

– दक्षिणी ललितपुरको महांकाल र कोन्ज्योस्योम बाढी-पहिरोले तहसनहस हुँदा पनि संघ र प्रदेश सरकार बेखबर / न विद्युत न टेलिफोन / पैदल हिँड्ने बाटोसमेत छैन ।

– विचौलिया र अनियमितताले ग्रस्त न्यायालयभित्रको बेथिति बार-बेन्च तनावले थप छताछुल्ल / न्यायाधीश नियुक्ति प्रणालीको सुधार भावी प्रधानन्यायाधीशका लागि चुनौती ।

– दशैँ बजार कतै भिडभाड, कतै भने सुनसान / सामान महंगो भएको उपभोक्ताको गुनासो / खसीबोकाको अभाव हुने चिन्ताले मासु पारखीलाई किनमेलको हतार ।

– इजरायलले आक्रमण गरे ठूलो प्रत्याक्रमण गर्ने इरानी सर्वोच्च नेता खमेनीले चेतावनी / पश्चिमा मुलुकले मध्यपूर्वको तेल र भौतिक सम्पदा कब्जा गर्न चाहेको आरोप ।

– एसिया रग्बी सेभेन्स ट्रफीमा उज्वेकिस्तान र बहराईनसँग नेपाली पुरुष टोलीको फराकिलो हार / महिलातर्फ उज्वेकिस्तानलाई हराएको नेपाल फिलिपिन्स र गुआमसँग भने पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.