एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले चितवन शक्तिलाई हरायो

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले चितवन शक्तिलाई हरायो

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले चितवन शक्तिलाई हराएको छ । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३-१ को सेटमा हराएको हो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा चितवनले जितेको थियो । १५-१५ को बराबरीबाट ललितपुरलाई लगातार पछि पारेर चितवन २५-२० ले विजयी भएको थियो । तर थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेको ललिपुरले दोस्रो सेटमा नै कमब्याक गर्यो ।

सलिना श्रेष्ठको टिमले सुरुबाट अग्रता बनाएर २५-२१ को जित हात पारेको हो । १-१ को बराबरीपछि ललितपुरले तेस्रो सेटमा पनि पछि परेन । उसले सो सेट २५-१६ को फराकिलो अन्तरले जितेको थियो । 

चौथो सेट नै अन्तिम बनेको खेलमा त्यो सेटमा ललितपुरले सर्भिसमा अन्तिम अंक बटुलेर जित दार्ता गरेको हो । चितवनले खेलभरी निकै राम्रो ब्लक गरे पनि ललितपुरको अट्याकअघि टिक्न सकेन ।

यो जितसँगै ललितपुरको ९ अंक भएको छ भने चितवन सात अंक बनाएर बाहिरिएको छ । ललितपुर अब फाइनल प्रवेशको लागि काठमाडौं स्पाइकर्सको नतिजामा भर पर्नु पर्ने भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.