मन्त्रिपरिषद्को निर्णय : बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद्को निर्णय : बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित विभिन्न पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा आजै बसेको प्राधिकरणको कार्यकारिणी समितिको बैठकले बाढी प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय पालिकाहरुलाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.