बाढी-पहिरोबाट किसानको बेहाल, ६ अर्बको बाली नष्ट भएको अनुमान

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी-पहिरोबाट किसानको बेहाल, ६ अर्बको बाली नष्ट भएको अनुमान

गत शनिबार आएको बाढीपहिरोले ठूलो जनधनको क्षति भयो । बाढीपहिरो गएको चार दिन भइसक्दा पनि अधिकांश राजमार्ग अझै अवरुद्ध छन् । यसले गर्दा ढुवानी गर्न कठिनाइ भएपछि अहिले तरकारीको मूल्य आकासिएको छ । 

बाढी पहिरोका कारण कृषि क्षेत्रमा ठुलो क्षति भएको छ । किसानको पाक्नै लागेको धान बगरमा परिणत भएको छ भने तरकारी पनि कतै खोलाले बगाएको छ भने कतै बारीमै कुहिएको छ ।

बाढीकै कारण धेरै ठाँउमा सिँचाइका परियोजनामा क्षति पुग्दा दीर्घकालिन असर पर्ने देखिन्छ भने बजारमा मुल्य अहिलेनै छोइ नसक्नु भएको छ । हेर्नुहोस हाम्रा बिराटनगर, सप्तरी र धादिङ संवाददाताले पाठाएको समाग्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.