ताप्लेजुङमा कस्तो छ रेडपान्डाको स्थिति ?

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताप्लेजुङमा कस्तो छ रेडपान्डाको स्थिति ?

ताप्लेजुङ । आज रेडपान्डा अर्थात् हाब्रे संरक्षण दिवस । नेपाल, भारत, चीन, भुटान तथा बर्मामा गरी १० हजारजति रेडपान्डा रहेकोमा नेपालमा पाँच सय हाराहारीमा रहेको तथ्याङ्क छ । बाँस र निगालो प्रजातिलाई मुख्य आहारा बनाउने रेडपान्डा वन फँडानीका कारण आहाराको समस्यामा छ । सोझो हुनाले शिकारी जनावरको निशानामा पनि सजिलै पर्छ । त्यस्तै यसको सुन्दर रौँका कारण पनि चोरी शिकारीले मार्ने गरेका छन् ।

संकटापन्न सूचीमा रहेको यो वन्यजन्तुको संरक्षणमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भएका प्रयासबारे आज हामीले ताप्लेजुङको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका सचिव पासाङ रिता शेर्पासँग कुराकानी गरेका छौँ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement