ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

आश्विन ५, २०८१ |आनन्द गौतम
ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

ताप्लेजुङ । शरद लागेसँगै घमाइला दिनहरु सुरु भएका छन् । दसैं तिहारजस्ता चाडपर्व पनि नजिकिएका छन् । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोजदेखि मंसिरसम्म दर्शनार्थीको अत्यधिक भिड लाग्ने गरेको छ । तीर्थयात्रीका लागि व्यवस्थापन र तयारी कस्तो छ त ?

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा पुगेर फर्कन १० किलोमिटर पैदल हिँड्नै पर्छ । नसक्नेका लागि ढाडमा बोक्ने जनशक्ति पाइन्छ । यति उच्च स्थानमा पुग्नका लागि बार्षिक लाखौं व्यक्ति उत्साही हुने गरेका छन् । अझ दसैं तिहारको सिजनमा यहाँ अधिक तिर्थयात्री आउने गरेका छन् ।

झापाको बिर्तामोडबाट २ सय ३५ किलोमिटर कालोपत्रे सडक पार गरेर ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगिन्छ । त्यहाँबाट २० किलोमिटर दुरीमा गाडीबाटै काफ्लेपाटी पुगिन्छ । त्यहाँबाट हिड्नु पर्छ । 

सदरमुकाम फुङलिङ, सुकेटार विमानस्थल, काफ्लेपाटी, माथिल्लो फेदीमा बस्ने खाने सुविधा रहेको छ । यो बेला पाथीभरा क्षेत्र विकास समितिले स्वयंसेवक पनि परिचालन गर्ने गरेको छ ।

यो सिजनमा पाथीभरामा एकै दिन १८ हजारसम्म तीर्थयात्री आएको तथ्यांक क्षेत्र विकास समितिसँग छ । ट्राफिक, सुरक्षा लगायतको व्यवस्थापनमा ताप्लेजुङका नेतृत्व वर्गले क्रियाशीलता देखाउने समय भएको छ । क्षेत्र विकास समितिको तथ्यांक अनुसार वार्षिक ३ लाख बढी तीर्थयात्री पाथीभरा आउने गरेका छन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement