आतिशी मार्लेनाले आज दिल्लीको मुख्यमन्त्री पदको शपथ लिँदै

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आतिशी मार्लेनाले आज दिल्लीको मुख्यमन्त्री पदको शपथ लिँदै

काठमाडौं । भारतको आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले आज दिल्लीको मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएको हो । उहाँ दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुहुने छ ।

आतिशीको शपथ ग्रहण कार्यक्रम राजनिवासमा हुने छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले स्थानीय समयअनुसार साढे चार बजे शपथ लिने कार्यक्रम छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले आतिशीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

साथै राष्ट्रपतिले आतिशीलाई नयाँ सरकार गठन गर्नसमेत अनुमति दिनुभएको छ । आतिशीसँगै पाँच मन्त्रीले शपथ लिने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement