आजका मुख्य समाचार,
* दुई साताको प्रयासमा पनि त्रिशूली नदीमा बेपत्ता यात्रु र बस पत्ता लागेन / खोजी कार्य रोक्ने प्रशासनको तयारी / उद्धारमा प्रयोग भएको चुम्बक नै हरायो ।
* निर्वाचन आयुक्तमा सिफारिस कृष्णमानबारे संसदीय सुनुवाइ समितिले सोमबार निर्णय गर्ने / नैतिक आचरणमा प्रश्न उठाउँदै रोक्ने पक्षमा रहेका सदस्य शीर्ष नेताको मुख ताक्दै ।
* भारतीय अतिक्रमणको चपेटामा परेको सुस्तास्थित नारायणी नदीमा बल्ल बन्यो झोलुङ्गे पुल / आफ्नै भूमिमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो ।
* युरोपेली संघद्वारा रोक्का गरिएको रुसी सम्पत्तिको ब्याजबाट डेढ अर्ब युरो युक्रेनलाई सहयोग / रकम युक्रेनको रक्षा र पुनर्निर्माणमा खर्च गरिने ।
* पेरिस ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनलाई ।