घोडा बाध्ने तवेलामा आगलागी भएसँगै सकियो ऐतिहासिक ज्याम्रुङ दरबारको संरचना

असार २२, २०८२ |पोषनाथ अधिकारी
घोडा बाध्ने तवेलामा आगलागी भएसँगै सकियो ऐतिहासिक ज्याम्रुङ दरबारको संरचना

धादिङ । माओेवादी द्धन्दको वेलामा आगजनी गरेर नष्ट भएको धादिङको नीलकण्ठ नगरपालिकाको ऐतिहासिक ज्याम्रुङ दरबारको बाँकि रहेको घोडा बाध्ने तवेलामा गएराति आगलागी भएको छ । आगलागीबाट तवेला पूर्णरूपमा जलेको छ ।

नीलकण्ठ नगरपालिका-११ मा रहेको शाह वंसिय ज्यामरूङ दरवार २०५९ साल असोजमा जनयुद्धका क्रममा माओवादीले आगो लगाएर जलाएपछि दरबारसँगै रहेको घोडा बाध्ने तवेला मात्रै बाहि थियो त्यहि तवेलामा गएराति आगलागी भएको हो ।

तवेलामा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको वडा अध्यक्ष रामबहादुर श्रेष्ठले बताउनु भयो । आगोलागी भएको देखेपछि स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि तवेलाको सम्पुर्ण भाग जलेर नष्ठ भएको छ ।

विक्रम संवत २०५९ मा दरवारमा आगजनी गरिएपछि दरबारभित्र रहेका पुस्तैनी गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्री, कालीनाल, भरूवा बन्दुक, देवताका चाँदीका गरगहना, पानस, सानदान, डोली, छातालगायतका सामाग्री समेत सबै जलेका थिए । तवेलाको माथिल्लो भागमा रेखदेखका लागी आउनेहरूको केहि कपडाहरू र पुराना केहि काठ भएपनि अन्य सामान भने तवेलाभित्र थिएनन् ।

तवेलामा आगो लागेर जले सँगै करिब तीन सय वर्ष पहिले राजा नरभूपाल शाहद्वारा निर्माण गरिएको भनिएको शाह वंशीय राजाहरूका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रबिन्दु रूपमा लिइने यो दरबार पूर्णरूपमा नष्ट भएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।