‘अरू देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छ’

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘अरू देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ ।

विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताउनुभएको हो । 

उहाँले अरू देशमा जहाजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरून्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताउनु भयो । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको बताउनु भयो । छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको उहाँकाे भनाइ छ ।

मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरूका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिनुभयो । चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.