कान्तिपुर समाचार, २८ असार २०८१

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २८ असार २०८१

आजका मुख्य समाचार,

* चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बस र ६२ यात्रु दिनभरको प्रयासमा पनि भेटिएनन् / भोलि बिहान ८ बजेसम्म खोजी स्थगित / एकै दिन देशभर १७ जनाको मृत्यु ।

* राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान / संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार अपराह्न ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समयसीमा ।

* विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त / संविधान संशोधन गरेर कांग्रेस र एमालेले देशलाई निरङ्कुशतातर्फ लैजान खोजेको आरोप ।

* अस्थिर नीति र स्वार्थ बाझिने व्यक्ति श्रम मन्त्रालयको नेतृत्वमा पुग्दा वैदेशिक रोजगार र आप्रवासन क्षेत्र सधैं असुरक्षित / मन्त्री फेरिएपिच्छे नीति फेरिँदा झनै समस्या ।

* मदिरा नीति घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा अन्तरिम जमानत / कारागार मुक्त हुन भने सीबीआईले गरेको गिरफ्तारीविरुद्धको निर्णय कुर्नुपर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.