बाढीपीडितको पीडा : कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा (स्थलगत रिपोर्ट)

कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा, ४ हजार नागरिक विस्थापित
जनधनको ठुलो क्षति, पीडितले पाएनन् राहत
असार २७, २०८१ |हरिश्चन्द्र बाग
बाढीपीडितको पीडा : कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा (स्थलगत रिपोर्ट)

कञ्चनपुर । असार २१ देखि २४ गतेसम्म ४ दिनमा कञ्चनपुरमा रेकर्ड ब्रेक वर्षा भयो । यो वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालमा वर्षामापन सुरु भएको ७८ वर्षयताकै सर्वाधिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाले कञ्चनपुरको ७० प्रतिशत भूभाग जलमग्न बन्यो । डुबान र बाढीले चार हजारभन्दा बढी नागरिक विस्थापित हुनुपर्‍यो भने जनधनको ठुलो क्षति भयो ।

सबैभन्दा धेरै वर्षा भएको दोधारा-चाँदनीमा महाकाली र जोगबुडा नदीमा आएको बाढीले अधिकांश बस्ती डुबानमा परे । बाढीले तहसनहस पारेको तीन दिन भइसक्दासमेत सरकारले पीडितलाई राहत दिन सकेको छैन ।

विस्तृत भिडियोमा :

यो पनि...

विपद्पछिको राहत र पुन:स्थापनामा संघ र प्रदेश सरकार उदासीन


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement